यस्ता छन् जुम्लाका स्याउ किसानका दु:ख (भिडियो स्टोरी)

+
-

जुम्ला– जुम्लाको स्याउले उचित मूल्य नपाएको स्थानीयबासीले गुनासो गरेका छन्। जुम्लामा उत्पादित स्याउ स्वादिलो हुनुका साथै अर्गानिकसमेत भए पनि स्याउको सिजनमा सोचेअनुसारको मूल्य नपाउने गरेको स्थानीयहरुले गुनासो गरेका हुन्।

कृषि बीमा दाबी भुक्तानी तथा अन्तरक्रिया कार्यक्रममा सहभागी अम्बिका थापाले बीमाको कार्यक्रमहरुबाट स्याउ खेतीमा राहत पुगेको बताएकी छन्।

अम्बिका थापा।

बीमाले गर्दा स्याउ उत्पादनमा केही असर परे पनि अन्य स्याउका बिरुवाहरुमा उक्त रकम लगानी गर्न सकिने उनले बताइन्। आफू जन्मिनुभन्दा अघिबाटै बुवा–आमाले गर्दै आएको खेतीलाई निरन्तरता दिएको उनी बताउँछिन्।

‘आफ्नो सन्तानलाई जसरी माया गर्नुहुन्छ, स्याउलाई पनि त्यसरी नै माया गर्नुपर्‍यो,’ उनी भन्छिन्, ‘बर्खायाममा पानी नपर्ने, लाइ किराले सताउनेजस्ता चुनौतीहरु पनि छन् स्याउ खेतीमा।’

खडेरीका कारण स्याउ खेतीमा समस्या पर्ने गरेको अर्की स्थानीय किसान देवीसरा कामी बताउँछिन्। ‘कहिले खडेरी कहिले बाढी पहिरोले कमाइ खाने बेलामा सोचे अनुरुपको प्रतिफल लिन पाइँदैन,’ उनी भन्छिन्, ‘स्याउको बीमा भएकाले केही राहत महसुश भएको छ। नभए त हामीले खानै पाउँदैन थियौँ।’

देवीसरा कामी।

त्यस्तै अर्का स्थानीय किसान शंकु खत्री बीमा नहुँदा आफुहरुले थुप्रै घाटा ब्यहार्नुपरेको गुनासो सुनाउछँन्। ‘किसानहरुले ढुक्क भएर स्याउ खेती गर्न पाएका छन्,’ उनी भन्छन्, ‘बीमाकै कारण स्याउ खेती गर्ने किसानहरु समेत बढेका छन्।’

भण्डारणको व्यवस्था नभएका कारण पनि जुम्लाको स्याउले बजार पाउन नसकिरहेको स्थानीयको गुनासो छ। २०२४ सालदेखि जुम्लामा स्याउ खेती हुँदै आएको स्थानीय बताउँछन्।

त्यस्तै अर्का किसान यामराज कामी स्याउ खेतीको मुख्य समस्या बजारीकरण नहुनु रहेको बताउँछन्। उनी भन्छन्, ‘स्याउ खेतीमा आवश्यक सल्लाह र सुझाव पायौँ भने हामीले अझै राम्रो गर्नसक्थ्यौँ जस्तो लाग्छ।’

विगत २० वर्षदेखि स्याउ खेती गर्दै आएका धनराज खत्री विगतलाई सम्झिँदै भन्छन्, ‘त्योबेला यस्ता बीमाका केही कार्यक्रम थिएन थुप्रै घाटा व्यहोर्नु पर्‍यो,’ उनी भन्छन्, ‘जलवायु परिवर्तनका कारणले कहिले खडेरी हुन्छ कहिले तुसारो पर्छ, कहिले मलजल पाइँदैन त्यसले गर्दा पनि स्याउ खेतीमा धेरै क्षति पुगेको छ।’

धनराज खत्री।

उनी थप्छन्, ‘सिजन आएपछि किसानले त्यो स्याउ बोटमा राख्नै मिल्दैन,साधनको व्यवस्था छैन, भण्डारणको व्यवस्था छैन, त्यसले गर्दा स्याउ बिग्रिने अवस्था सिर्जना हुन्छ र व्यापारीहरु एक रुपैयाँ पनि बढी दिन तयार हुँदैनन्।’

पछिल्लो समय कालो तुसारोका कारण पनि स्याउ खेतीमा चुनौती थपिएको स्थानीय किसानहरु बताउँछन्।

भिडियो हेर्नुहोस्:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?