युक्रेन युद्ध

रुसको निशानामा अस्पताल, विद्यालय र आवासीय क्षेत्र

रुसको निशानामा अस्पताल, विद्यालय र आवासीय क्षेत्र
+
-

रुसले सर्वसाधारणलाई निशाना बनाएर हवाई, रेकटसहितका आक्रमण गरिरहेको युक्रेनले बताएको छ। युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्तेफानिशिनाका अनुसार रुसले अस्पताल, प्राथमिक शिक्षा केन्द्र तथा विद्यालयहरुसहितलाई निशाना बनाएको हो ।

बिसीसँगको अन्तर्वार्ताको क्रममा उनले रुसले लगातार सर्वसाधारण, आवासीय क्षेत्र र सार्वजनिक स्थानमा आक्रमण गरे पनि युक्रेनी आर्मीले कडा प्रतिवाद गरिरहेको बताइन् । उनले भनिन्, ‘रुसले सर्वसाधारणलाई विभाजित गर्न गम्भीर निशाना बनाइरहेको छ ।’

रुसले गरेको गोलाबारीका कारण आइतबार एक परिवारका चारजनाको मृत्यु भयो । युद्ध जारीरहेको इर्पिनबाट सुरक्षित स्थानमा जाने क्रममा उनीहरुको मृत्यु भएको हो ।

रुसकै आक्रमणका कारण तटीय शहर मारिपोलमा उद्धारको काम रोकिएको छ । सो शहर विगत पाँच दिनदेखि पानी, बिजुली तथा सरसफाइका सेवा बिहीन छ । खानेकुरा र पिउने पानीको पनि अभाव रहेको छ ।

आइतबार संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगले दिएको जानकारी अनुसार रुसको आक्रमणका कारण कम्तीमा २६४ सर्वसाधारणको मृत्यु भएको छ । यस्तै कम्तीमा १५ लाख युक्रेनीले देश छोडिसकेका छन् ।

लगातार सर्वसाधारण निशानामा आएर उनीहरु मारिँदा पनि रुसले आफूले सैनिकहरुलाई मात्र आक्रमण गरेको दाबी गर्दै आएको छ ।

रुसले आतंकी गतिविधि गरिरहेको र स्थल तथा आकाशबाट आतंककारी आक्रमण गरिरहेको उपप्रधानमन्त्री स्तेफानिशिनाले बताएकी छन् ।

सर्वसाधारणले रुसी आतंकको अर्को चरण पछिल्ला दिनमा सामना गरिरहेको बताइन्। उनले रुसले ठूलो मात्रामा सैन्य क्षति बेहोर्नु परेको पनि दाबी गरिन् । तर रुसले आफ्नो तर्फ भएको सैन्य हताहतीको कुनै जानकारी दिएको छैन ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष