डीएभीमा स्व लता मङ्गेश्करको सम्झना

डीएभीमा स्व लता मङ्गेश्करको सम्झना
+
-

 

काठमाडौँ – डीएभी सुशील केडिया विश्व भारती विद्यालयमा नेपाली साङ्गीतिक क्षेत्रमा लब्ध प्रतिष्ठित, व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुको उपस्थितिबीच स्व लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जलीसभा आयोजन गरिएको छ।

लता मङ्गेश्करको वृत्तचित्र प्रदर्शन गरिएको कार्यक्रमकी प्रमुख अतिथि नेपाली साङ्गीतिक क्षेत्रकी सदावहार गायिका मनिला सोताङ रहेकी थिइन। त्यस्तै विशिष्ट अतिथि गायिका बबिता मानन्धर रहेकी थिइन्। दुवै गायिकाले उक्त कार्यक्रममा लता मङ्गेश्करप्रति समर्पित रही साङ्गीतिक प्रस्तुति दिएका थिए।

सोही अवसरमा विद्यालयका अध्यक्ष अनिल केडियाले लता मङ्गेश्कर भारतमा मात्र नभएर विश्वमै एक उत्कृष्ट गायिकाको रुपमा स्थापित रहेको उल्लेख गरे। उनले लताप्रति समर्पित रही साङ्गीतिक प्रस्तुति दिए।

विद्यालयकी प्राचार्य डा भुवनेश्वरी रावले लता मङ्गेश्कर स्वरको माध्यमबाट विश्व समुदायलाई प्रेम र विश्वासमा आबद्ध गर्न सफल भएको बताइन्। उनले लता मङ्गेश्करलाई एक साङ्गीतिक विश्वविद्यालयको रुपमा समेत चर्चा गरिन्।

विद्यालयको प्राथमिक तहका विद्यार्थीहरुले ब्यालेट नृत्य, निम्न माध्यमिक तहका विद्यार्थीहरुले नेपाली, हिन्दी फ्युजन नृत्य र माध्यमिक तहका विद्यार्थीहरुले थेमेटिक नृत्य प्रदर्शन गरे। संगीत विभागका प्रमुख जय श्रीवास्तव र अङ्ग्रेजी शिक्षिका शशिल्ता राईले लता मङ्गेश्करद्वारा गाइएको युगल गीत प्रस्तुत गरे।

डीएभी विद्यालयकै कक्षा ९ की एरिका चौधरी र कक्षा ११ का सुमित श्रीवास्तवले गायिका स्व मङ्गेश्कर र गायक रामकृष्ण ढकालको गीत बाँचुन्जेलीलाई प्रस्तुत गरे।

विद्यालयले स्व गायिका लता मङ्गेश्करको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निर्णय समेत भएको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?