
बुटवल– नेपाली कांग्रेस लुम्बिनी प्रदेशको कोषाध्यक्षमा प्रकाश राना मनोनीत भएका छन्।
बुधबार बसेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठकले रानालाई कोषाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो।
बैठकमा प्रदेश सभापति अमरसिंह पुनले रानालाई कोषाध्यक्षमा मनोनीत गर्ने प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई बैठकले पारित गरेको उपसभापति राजु खनालले जानकारी दिए।
कांग्रेसको विधानमा कार्यसमिति सदस्य पदमा निर्वाचित एक जनालाई कोषाध्यक्ष पदमा सभापतिले मनोनित गर्ने व्यवस्था छ। बैठकले लुम्बिनी प्रदेशका ५२ वटा निर्वाचन क्षेत्रमा केन्द्रसँग समन्वय गरी प्रतिनिधि खटाउने निर्णय पनि गरेको उनले बताए।