
पाँच वर्षका पाहुना कस्ले मान्छन् कति
नचिनेको हजुर भनि हात तान्छन् कति।।
गएपछि यता गाउँमा आउने कुरा छैन
दाउपरे भाग खान कता जान्छन् कति।।
मुख हेर्दा उहि पुरानो चिने जाने जस्तो
हेर्दा हेर्दै ढ्वाङ भरि उतै लान्छन् कति।।
भर्खर सम्म म्याउम्याउ स्वर सानो पारी
फेरि अहिले आफूलाई ढाडे ठान्छन् कति।।
सुम्सुमाइ चिल्लो घसि माया गरे जस्तो
मौकापरे हामीलाई ढाडमा हान्छन् कति।।
यसपाली चाहिँ फुत्किन फलामका च्युरा
हेर्दै बस्नु भाटासँगै आग्लो खान्छन् कति।।