‘लोकसेवा पास, जागिर पाइएन: कस्तो विडम्बना?’ (तस्बिरहरु)

‘लोकसेवा पास, जागिर पाइएन: कस्तो विडम्बना?’ (तस्बिरहरु)
+
-

काठमाडौँ – समायोजनको विवादका कारण आफूहरु मर्कामा परेको भन्दै लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण युवाहरुले प्रदर्शन गरेका छन्।

२०७६ सालमा खुलेको विज्ञापनमा २०७७ सालमा परीक्षा दिएर लिखितमा उत्तीर्ण भएका सम्भावित नायब सुब्बाहरुले आइतबार लोकसेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

केहीले अन्तर्वार्तासमेत दिएको तथा केही दिने क्रममा रहँदा नै स्थानीय, प्रदेश तथा संघमा कर्मचारी समायोजनलाई लिएर अदालतमा मुद्दा परेको भन्दै आफूहरुको परीक्षाको नतिजा सार्वजनिक नगरिएको आरोप उनीहरुको छ।

फेरि विज्ञापन खोलेर नयाँ कर्मचारी भर्ती गर्ने प्रक्रिया सुरु हुँदा पनि आफूको भने नतिजा नआएकोमा उनीहरुले विरोध गरेका हुन्।

लोकसेवा उत्तीर्ण गरेर पनि आफूहरुले जागिर खान नपाएको भन्दै उनीहरुले मनोसामाजिक समस्याको शिकार बन्नु परेको गुनासो गरेका छन्।

समायोजनसम्बन्धी मुद्दाको फैसलाका लागि सर्वोच्च अदालतले ढिलाइ गर्दा आफूहरु अन्यायमा परेको उनीहरुको भनाइ छ। आफूहरुलाई जति सक्दो चाँडो न्याय दिन प्रदर्शनकारीले माग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?