युक्रेन युद्ध

रासायनिक हतियार के हो, कति छ घातक?

रासायनिक हतियार के हो, कति छ घातक?
+
-

युक्रेनमा रुसी आक्रमणलाई लिएर पछिल्लो समय विश्वव्यापी चिन्ताको विषय रासायनिक वा जैविक हतियार बनेको छ।

रुसले युक्रेनमाथि अमेरिकी सहयोगमा प्रयोगशालामार्फत जैविक हतियार निर्माण गरिरहेको दाबी केही दिनअघि विभिन्न अवसर र माध्यमबाट गरेको थियो। त्यसबारे संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा शुक्रबार छलफल नै भयो। रुसको आग्रहमा भएको सो बैठकमा युक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको आरोपलाई प्रमाणित गर्ने तथ्य दिन सकेन।

युक्रेन तथा अमेरिकासहितका पश्चिमा राष्ट्रले रुसी आरोप हाँस्यास्पद रहेको भन्दै खण्डन गरे। उनीहरुले बरु रुसले रासायनिक हतियारको प्रयोग आफै गर्ने तयारी गरेको र अरुको ध्यान भड्काउन युक्रेनमाथि आरोप लगाएको शंका जताए।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले अरुलाई आरोप लगाएर आफूले सो प्रकारको आक्रमणको तयारी गर्ने गरेको विगतका अनुभव रहेको बताउँदै रुसले नै निकट भविष्यमा रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका छन्।

अमेरिकीसहितका पश्चिमा गुप्तचर निकायले चाँडै रुसले रणनीतिक रुपमा सानो आकारको परमाणु हतियार (रासायनिक वा जैविक हतियार) प्रयोग गर्न सक्ने भन्दै सचेत पारेका छन्।

आइतबार पश्चिमा राष्ट्रहरुको सैन्य गठबन्धन नेटोका प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने जोखिम रहेको बताएका छन्।

के हो त रासायनिक हतियार?

मानव शरीरको प्रमुख प्रणालीमा आक्रमण गर्न विषाक्त वा रासायनिक सामग्री (तत्व) मिलाएर बनाइएको हतियार रासायनिक हतियार हो। रासायनिक हतियार विभिन्न प्रकारका हुन्छन्। यस्ता रासायनिक हतियारले विशेष गरी फोक्सोलाई आक्रमण गर्छ वा निशाना बनाउँछ। यस्तै छाला डढाउने, दृष्टिविहीन बनाउनेसहितका घातक प्रतिक्रिया रासायनिक हतियारका कारण आउँछ।

रासायनिक हतियारमा सबैभन्दा घातक प्रकारका रुपमा ‘नर्भस एजेन्ट्स’ रहेको छ। यसले मानव शरीर र मस्तिष्कबीचको सञ्चार अवरुद्ध गर्छ। यसको सानो थोपा पनि घातक बन्न सक्छ। एक वयस्क मानिसको ज्यान लिन सक्ने क्षमता ‘भिएक्स नर्भ एजेन्ट’ नाम गरेको रासायनिक हतियार पर्याप्त हुने गर्छ।

यस्ता रासायनिक वा जैविक हतियार गोलाबारी, बम, मिसाइलसहितमा राखेर आक्रमण गर्ने जोखिम रहन्छ। युद्धको अवस्थामा गोलाबारी, बम वा मिसाइलमार्फत हुने रासायनिक वा जैविक हतियारको आक्रमण ठूलो संख्यामा मानवीय तथा जैविक क्षतिको कारक बन्ने हुँदा अहिले युक्रेनमा जारी युद्धलाई लिएर चिन्ता बढेको हो।

स्थल तथा हवाई आक्रमणमा रुसले पूर्वयोजना वा सोचेअनुसारको सफलता पाउन सकिरहेको छैन। यस्तो अवस्थामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक हतियार आक्रमणको आदेश दिन सक्ने जोखिम रहेको सुरक्षा तथा गुप्तचर निकायका अधिकारीले बताउँदै आएका छन्। पुटिनले यसअघि नै आफ्नो परमाणु सैनिकलाई तयारी अवस्थामा रहन आदेश दिएकाले जोखिम बढेको विश्लेषण छ।

सबै प्रकारका रासायनिक हतियारहरुको प्रयोगमा ‘केमिकल विपन्स कन्भेन्सन अफ १९९७’ ले गम्भीर प्रतिबन्ध लगाएको छ। यसलाई रुससहितका विश्वका अधिकांश देशले हस्ताक्षर गरेका छन्। नेदरल्याण्ड्सको हेगमा रासायनिक हतियारको विश्वव्यापी अनुगमन निकाय छ। अर्गनाइजेसन फर द प्रोहिविसन अफ केमिकल विपन्स (ओपिसिडब्लु) ले गैरकानुनी रुपमा हुने रासायनिक हतियारको प्रयोगको निगरानी गर्ने गरेको छ।

पहिलो विश्वयुद्ध, सन् १९८० को दशकमा भएको इरान–इराक युद्ध तथा पछिल्लो पटक सिरिया सरकारले विद्रोही शक्तिमाथि रासायनिक हतियार प्रयोग गरेको थियो।

रुसले सन् २०१७ मा आफूसँग रहेको रासायनिक हतियारको मौज्दात नष्ट गरेको दाबी गरेको थियो। तर त्यसयता रुसमाथि कम्तीमा दुईपटक रासायनिक हतियार प्रयोग गरेको अभियोग छ।

रुसले सन् २०१८ मा रुसी गुप्तचर एजेन्ट सर्गेइ स्क्रिपाल र २०२० मा विपक्षी नेता एलेक्सी नाभाल्नीमाथि रासायनिक हतियारले आक्रमण गरेको आरोप छ।

रुसले अहिले जारी युक्रेन युद्धमा रासायनिक हतियार प्रयोग गर्न सक्ने भन्दै चासो र चिन्ता व्यक्त भइरहेको छ। युद्धमा विषाक्त ग्यास प्रयोग भएमा त्यसलाई रुसले ‘रेड लाइन’ पार गरेको ठानिने विश्लेषण छ। त्यस्तो अवस्थामा पश्चिमा देशले सैन्य अभियान थाल्न सक्ने छन्।

अहिलेसम्म युक्रेन नेटो राष्ट्र नभएकाले पश्चिमा राष्ट्रले रुसमाथि सैन्य आक्रमण नगर्ने बताएका छन्। तर चिन्ता व्यक्त गरिएअनुसार रुसले रासायनिक हतियार प्रयोग गरेमा भने युक्रेन युद्धले तेस्रो विश्व युद्धको रुप लिन सक्ने चिन्ता पनि छ।

(यो सामग्री बिबिसी, गार्डियनसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको हो ।)

यो पनि पढ्नुहोस्

रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा छ : नेटो प्रमुख

रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा छ : नेटो प्रमुख

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष