विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छ – वरिष्ठ उपाध्यक्ष ढकाल

विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छ – वरिष्ठ उपाध्यक्ष ढकाल
+
-

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन्।

चितवन उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले उक्त कुरा बताएका हुन्।

‘अहिले मुलुक विषम परिस्थितिमा छ। राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र कुनै एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने अवस्था छैन’, उनले भने, ‘विषम परिस्थितिमा अर्थतन्त्रका सबै क्षेत्रहरु एकापसमा मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ।’

कोभिड १९ को तथा रुस र युक्रेनबीचको युद्धका कारण पेट्रोलियम, खाद्यान्नलगायत धेरै वस्तुको मूल्य बढेको उनले बताए। ‘आउँदा दिन अझै कठिन हुने देखिन्छ। यस्तो अवस्थामा एउटा पक्षले अर्को पक्षलाई आरोप लगाउनुभन्दा पनि सबै मिलेर यो विषम परिस्थितिलाई पार लगाउनुपर्छ’, उनले भने।

वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय वासिन्दा, राजनीतिक दल, निजी क्षेत्र सबैको समान बुझाई भएमा चितवनलाई राम्रो पर्यटकीय स्थलहरुको रुपमा विकास गर्न सकिने बताए।

निजी क्षेत्रको विकासमा चितवन उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले नयाँ कार्यसमितिले थप महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?