पूर्वमन्त्री शेरबहादुर तामाङले दुरुपयोग गरे मेलम्ची खानेपानीको गाडी, साढे सात लाखको मर्मत बिल मेलम्चीमा दाबी

पूर्वमन्त्री शेरबहादुर तामाङले दुरुपयोग गरे मेलम्ची खानेपानीको गाडी, साढे सात लाखको मर्मत बिल मेलम्चीमा दाबी
+
-

सिन्धुपाल्चोक – पूर्वमन्त्री एवं एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना (विकास समिति) को गाडी अनधिकृत रुपमा प्रयोग गरेको पाइएको छ।

सांसद तामाङले एक वर्ष चढेको बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी आयोजनाको हो। उनले पहुँचकै भरमा राज्यको सम्पत्ति एक वर्षसम्म निजी र पार्टीको काममा प्रयोग गरेको पाइएको हो। गाडी बिग्रिएपछि ग्यारेजमा थन्काइदिएका छन्।

उक्त गाडी कान्तिपुर कारखाना कोटेश्वरमा थन्काइएको छ। गाडी मर्मतमा ७ लाख ६५ हजारको स्टिमेट बिल मेलम्ची खानेपानी आयोजनामा पुगेको छ।

मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सांसद तामाङले गाडी मर्मत बिल मेलम्ची खानेपानी आयोजनाको कार्यालयसमक्ष पेस गरेका छन्।

उनी भन्छन्, ‘मेलम्ची खानेपानी आयोजनाले बा १ झ ८७६८ नम्बरको हाइलक्स गाडी भूमि आयोगलाई दिएकोमा कसरी सांसदले प्रयोग गर्नुभयो, बुझ्नुपर्छ।’

ग्यारेजमा यसरी थन्किएको छ गाडी

सांसद तामाङले मेलम्चीमा बाढी अर्थात गत असारभन्दा अघि १० दिनका लागि मेलम्चीको गाडी लगेका थिए। उनले विनाकागज पहुँचको भरमा सो गाडी प्रयोग गर्दै आएकाे उनी निकट स्रोतको भनाइ छ। तामाङले आफ्नै निजी चालक राखे पनि इन्धन र मर्मत खर्च खानेपानी आयोजनाले तिर्ने गरेको छ।

मेलम्ची खानेपानी आयोजनाका जिन्सी शाखा प्रमुख शम्भु पोखरेलका अनुसार सो गाडी भूमि आयोगलाई दिइएको थियो। पछि सांसद तामाङले केही दिनका लागि भन्दै गाडी लगेको तर फिर्ता नगरेको जिन्सी शाखा प्रमुख पोखरेले बताए। -न्युज कारखाना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?