बिरामीकाे मृत्युपछि आफन्तले घेरे बुटवलकाे तिनाउ अस्पताल

बिरामीकाे मृत्युपछि आफन्तले घेरे बुटवलकाे तिनाउ अस्पताल
+
-

बुटवल – बुटवलको तिनाउ इन्टरनेशनल अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन्।

नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका डाक्टरको लापरबाहीले चाैधरीकाे मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले घटनाको छानबिन, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन्। मृतकका आफन्तले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार साँझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो। ताराप्रसादको डा योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेको थियो।

‘३–४ घण्टामा अप्रेसन सकिन्छ भनिएको थियो तर राति ११ बजेमात्रै अप्रेसन थियटरबाट निकालेर आईसीयूमा लैजान खोजेपछि शंका लागेर सोध्यौं, अवस्था नर्मल छ आत्तिनुपर्दैन भनेका थिए। फेरि ५ बजेतिर बोलाएर अवस्था सिरियस छ, भेन्टिलेटरमा राखेर हेरौं भनेका थिए। तर, त्यसको केहीबेरमै मृत्यु भएको भनियो’, भान्जा हेमलालले भने।

४ वर्षअघि दुर्घटनामा खुट्टा भाँचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएको थियाे। रडको नट भाँचिएपछि शल्यक्रिया गर्न भर्ना गरिएकाे थियाे।

उपचारअघि गरिएको एक्सरेमा रड भाँचिएको नदेखिएको तर पछि रड भाँचिएको भनिएको हेमलालले बताए।

उपचारमा संलग्न चिकित्सकहरुलाई उदृढ गर्दै अस्पतालका अध्यक्ष चिरञ्जीवी जोशीले भने, ‘बिरामीको ५ घण्टा लामो अप्रेसन गरिएको थियो, अप्रेसन गर्दा उनको स्वास्थ्य अवस्था सामान्य नै थियो, पछि उनलाई आईसीयूमा राखियो। एक्कासी रक्तचाप घटेपछि प्रयास गर्दागर्दै पनि बचाउन नसकिएको हो। अस्पताल र चिकित्सकको लापरबाहीको कारण होइन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?