ललितपुरका उपमेयरहरु भन्छन् – जनप्रतिनिधिको कुर्सीमा बसेर निर्वाचन लड्नु ठीक होइन

ललितपुरका उपमेयरहरु भन्छन् – जनप्रतिनिधिको कुर्सीमा बसेर निर्वाचन लड्नु ठीक होइन
+
-

ललितपुर – ललितपुरका जनप्रतिनिधिहरूले निर्वाचन आयोगले जनप्रतिनिधिहरूले राजीनामा दिएपछि मात्र उम्मेदवारी दिनुपर्ने व्यवस्था ठीक भएको प्रतिक्रिया दिएका छन्।

ललितपुर महानगरकी उपमेयर गीता सत्याल राजीनामा दिनुपर्ने व्यवस्था सही भएको बताउँछिन्। उनी भन्छिन्, ‘यो व्यवस्था मेरो विचारमा एकदमै राम्रो हो। जनप्रतिनिधिको कुर्सीमा बसेर निर्वाचन लड्नु ठीक होइन।’

गोदावरी नगरकी उपमेयर मुना अधिकारी पनि राजीनामा दिएरै निर्वाचनमा जानुपर्ने व्यवस्थालाई सदर गर्छिन्। उनी भन्छिन्, ‘सरकारी कुर्सीमा बसेर चुनाव लड्दा अरु प्रत्यासीलाई असर पर्ला भन्ने उद्देश्य होला, मलाई ठीकै लाग्यो।’

दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाकी उपमेयर कमला तामाङ जनप्रतिनिधिले राजीनामा दिएरै निर्वाचनमा जानु उपर्युक्त हुने बताउँछिन्। ‘नेतृत्वले सोचेर नै निर्णय लिएको होला। मलाई ठीक लागेको छ’, उनी भन्छिन्।

कोञ्ज्योसोम गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामा भने पार्टीले टिकट दिएपछि मात्र राजीनामा दिनु उपर्युक्त हुने बताउँछिन्। महालक्ष्मी नगरकी उपमेयर निर्मला थापा भने यस विषयमा बोल्न चाहिनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?