ड्रोनमा सुन लुकाएर ल्याउने भूटानी शरणार्थी पक्राउ

ड्रोनमा सुन लुकाएर ल्याउने भूटानी शरणार्थी पक्राउ
+
-

काठमाडौँ – अमेरिकाबाट आएका एक पुरुषले अवैध सुन ल्याएको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

अमेरिकाबाट आएका एक भूटानी शरणार्थीले ल्याएकाे ड्रोन क्यामराभित्र लेन्स रहेको भागमा १०० ग्राम सुनको बिस्कुट भेटिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताए।

उनका अनुसार जुत्ताको भित्री भागमा ९३४ ग्राम चाँदी जस्ताे देखिने पाता फेला परेको छ। यद्यपि सो पाता भने चाँदी वा चाँदीको जलप लगाएको सुन हो भनेर प्रयोगशालामा परीक्षणको लागि पठाइएको उनले जानकारी दिए।

भूटानी शणनार्थी रहेका पुरुष आजै दिउँसो काठमाडौँ आइपुगेका हुन्।

भन्सार ऐनअनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्रामसम्म ल्याउन पाउने व्यवस्था छ।

भन्सार ऐनअनुसार बनेको निर्देशिकाले भने एक व्यक्तिले विदेशबाट आउँदा ५० ग्रामबाहेक थप २०० ग्रामसम्मको सुनका गहना ल्याएमा भन्सार महसुल बुझाई जाँचपास गर्न सकिने व्यवस्था छ। सोभन्दा बढी गहना ल्याएमा जफत गरिने व्यवस्था छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?