बेनीका ५ वडामा मकै ब्लक

बेनीका ५ वडामा मकै ब्लक
+
-

म्याग्दी – म्याग्दीको बेनी नगरपालिकाको ५ वटा वडामा मकैको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रम सुरु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बेनी नगरपालिका १ रत्नेचौर, ४ नम्बर वडा सिंगा, ५ नम्बर वडा पुलाचौर र ९ नम्बर वडा घतानमा मकै ब्लक कार्यक्रम सुरु गरिएको हो।

नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले जौ र आलुको व्यावसायिक खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले सो कार्यक्रम सुरु भएको बताइन्। ‘नगर कार्यपालिकाको निर्णयअनुसार कृषकहरुको सञ्चालक समिति गठन र सम्झौता गरी कार्यान्वयन थालिएको छ’, उनले भनिन्, ‘नयाँ कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. २५ लाख ५० हजार बजेट बिनियोजन भएको छ।’

कार्यक्रममार्फत कृषकहरुलाई निःशुल्क तालिम र प्राविधिक सहयोगका साथै सिंचाइमा ८५ र कृषि औजार, बीउ र बिषादीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने कृषि अधिकृत ढुङ्गानाले बताइन्।

यसैगरी बेनी नगरपालिकाको पशु सेवा शाखाले ३४ कृषकलाई माछाका १६ हजार भुरा वितरण गरेको छ। कमन कार्प, सिल्भर कार्प, ग्रास कार्प, रघु र नैनी जातको माछाका भुरा वितरण गरिएको शाखाका प्राविधिक प्रदीप गौतमले जानकारी दिए।

‘कृषकहरुबाट माग र निवेदन सङ्कलन गरेर बिनियोजन भएको बजेटको सीमा भित्र रहेर भुरा खरिद गरी वितरण गरिएको हो’, उनले भने, ‘कृषकहरुलाई माछापालन प्रति आकर्षित गराउने, माछा उत्पादन बढाउने, आयआर्जन बढाउन सघाउने र आयात घटाउने लक्ष्य छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष