ढोरपाटनलाई गण्डकीकाे समृद्धिसँग जोड्नुपर्छ – मुख्यमन्त्री पोखरेल

ढोरपाटनलाई गण्डकीकाे समृद्धिसँग जोड्नुपर्छ – मुख्यमन्त्री पोखरेल
+
-

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन्।

शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेशमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए।

ढोरपाटनसहित यस आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै सर्वसाधारणको अपेक्षाअनुरुप विकासका गतिविधि अघि बढाउन सरकार प्रतिबद्ध भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्राथमिकताअनुसार योजना तय गर्न आग्रह गरे।

संरक्षणसँगै आयआर्जनमा जोड दिनु आवश्यक भएको उल्लेख गर्दै उनले विद्यमान कानुनी अड्चनलाई अन्त्य गर्नेतर्फ सरकार गम्भीर भएको उल्लेख गरे। सरकारले वन ऐन ल्याउने तयारी गरेको उनले जानकारी दिए।

ढोरपाटन सिकार आरक्ष कार्यालयमा उक्त आरक्षबाट भइरहेका कामबारे मुख्यमन्त्रीले जानकारी लिएका थिए। मुख्यमन्त्रीसहितको टोलीलाई ढोरपाटन सिकार आरक्ष कार्यालयका तर्फबाट प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी गराएका थिए।

त्यस्तै ढोरपाटनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले स्थानीय समृद्धि र विकासका लागि एकताबद्ध भएर जानु सकारात्मक भएको बताए। –रासस

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’