६० वर्ष नाघेकाहरुले कांग्रेसलाई भोट हाल्दैनन्, १३ सिटमा झारिदिन्छौं – केपी शर्मा ओली

६० वर्ष नाघेकाहरुले कांग्रेसलाई भोट हाल्दैनन्, १३ सिटमा झारिदिन्छौं – केपी शर्मा ओली
+
-

काठमाडौँ – एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन्।

अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन्।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट नहाल्ने दावी गरे।

कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले चेताइसकेको हुनाले युवाहरुले पनि ती पार्टीहरुलाई मत नदिने उनको तर्क थियो। अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरुले जोगाइदिएको र माधव नेपालहरु अबको निर्वाचनपछि समाप्त हुने बताए।

‘एमालेलाई चौंथो पार्टी बनाउँछु भन्छ कोही। अहिले चौथो पार्टी हो एमाले संसदमा? संसदमा एमालेसँग ९८ सिट छ। अरुको धेरै भएकाको पनि ६१ सिट छ। कोही हामीले बनाइदिएको ४८ सिट लिएर हामीले टाँसी दिएको जुँगामा ताउ लाउँछ। त्यसकारण यो गठबन्धन केही होइन’, उनले भने, ‘बुढो कांग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइन? कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले। बुढाबुढी, ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट हाल्दैनन्। अनि युवाहरु कांग्रेस, माओवादीबाट चेतिसकेका छन्। उनीहरुले पनि कांग्रेसलाई भोट हाल्दैनन्।’

नेता ओलीले सत्तारुढ दलहरुको निदहराम हुने गरी स्थानीय तह निर्वाचनको तयारीमा आफ्नो पार्टी लागिपर्ने बताए। अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मतबाट हराउने उनले दोहोर्‍याए।

‘अब हामीले निर्वाचनमा विजय हासिल गर्नुछ। यस निर्वाचनबाट पछिल्लो प्रादेशिक र संसदीय निर्वाचनहरुको झलक दिनु छ, ताकि यिनीहरुको मनमा अहिल्यैदेखि ढ्याङ्ग्रो ठोकियोस्। अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस्। यिनलाई अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस्’, उनले भने, ‘यो गठबन्धन केही पनि होइन। अदालतले बनाएको काँचो सीसाको गठबन्धन हो।’

अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षड्यन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अब फेरि हटनु नपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जीत हासिल गर्नुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?