चुनावी तयारीमा लाग्न दलहरुलाई गृहमन्त्रीको आह्वान

चुनावी तयारीमा लाग्न दलहरुलाई गृहमन्त्रीको आह्वान
+
-

बुटवल– गृहमन्त्री बालकृष्ण खाँणले तोकिएको मितिमा चुनाव हुनेमा शंका नगरी चुनावी तयारीमा लाग्न दलहरूलाई आह्वान गरेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले शनिबार रुपन्देहीको बुटवल तामनगर–फर्साटिकर सडकमा निर्मित दानव नदी पुलको उद्घाटन गर्दै तोकिएकै मिति वैशाख ३० मा चुनाव हुने बताए।

उनले सरकारले तोकिएकै मितिमा चुनाव गर्नेगरी सबै तयारी थालेकाले चुनाव हुन्छ कि हुन्न भन्ने दोधारमा नरहन र चुनावको प्रचारमा जुट्न आह्वान गरे।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा भएकाले भ्रमका पछाडि नलाग्न आग्रह गरे।

गृहमन्त्री खाँणले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा बसोबास गरिरहेका बासिन्दालाई व्यवस्थित गरेर औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाइने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले कोरोना महामारीका बीच पनि सरकारले विकासका काम नरोकेको बताउँदै समग्र लुम्बिनी प्रदेशको विकासको नेतृत्व लिन गृहमन्त्री खाँणलाई आग्रह गरे।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले समग्र जिल्लाको विकासको लागि सबै राजनीतिक दल मिलेर काम गर्नुपर्ने भनाइ राखका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?