व्याख्यात्मक घोषणाले एमसीसीको लक्ष्यमा ‘ब्रेक’ लाग्यो – गुरुङ

व्याख्यात्मक घोषणाले एमसीसीको लक्ष्यमा ‘ब्रेक’ लाग्यो – गुरुङ
+
-

भक्तपुर – नेकपा माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले १२ बुँदे व्याख्यात्मक घोषणाले एमसीसीको लक्ष्यमा ब्रेक लागेको बताएका छन्।

उनले एमसीसी सम्झौता हुबहु पास भएको भए नेपाल अमेरिकी सैन्य रणनीतिअन्तर्गत सदस्य राष्ट्र बन्ने जिकिर गरे। तर १२ बुँदे व्याख्यात्मक घोषणाले त्यसलाई इन्कार गरेको उनको भनाइ छ।

पार्टीको सहायक संगठन वाईसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समिति घोषणा एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक गुरुङले एमसीसीपछि पनि नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत सदस्य राष्ट्र बनाउने षड्यन्त्र भइरहेको बताए।

‘वर्तमान अवस्थामा १२ बुँदे व्याख्यात्मक घोषणाबाट एमसीसीको सम्भावित लक्ष्यमा ब्रेक लगाउन सफल भएका छौँ’, नेता गुरुङले भने, ‘राष्ट्र हितअनुरुप व्याख्यात्मक टिप्पणी गरी एमसीसी अघि बढाउने निर्णय भएको छ। माओवादी केन्द्रको प्रयासले मात्र त्यो सम्भव भएको हो। यो उच्च सावधानीपूर्वक गरिएको प्रयास हो। यद्यपि नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत राख्ने षड्यन्त्र भैरहेको छ।’

उनले व्याख्यात्मक घोषणा गरेर एमसीसीबाट सेना छिराउने अमेरिकी योजना रोक्न सफल भए पनि नेपाल र नेपाली कमजोर भए अमेरिकी सेना भित्रिनबाट कसैले रोक्न नसक्ने औंल्याए।

नेता गुरुङले अमेरिकी सेना भित्रिनबाट रोक्न नसके नेपाल युक्रेन र सिरिया बन्ने खतरा रहेको बताए।

‘देश यतिबेला इतिहासकै कठिन मोडमा रहेको छ’, उनले भने, ‘सुगौली सन्धिपछि यति धेरै संकट नेपाली राजनीतिमा कहिल्यै देखिएको छैन।’
नेपाल जीवन र मरणको स्थितिबाट गुज्रिरहेको जिकिर गर्दै उनले आगामी निर्वाचनमा दलहरुको हैसियतपछि त्यसको दृश्य स्पष्ट देखिने प्रस्ट पारे।

एमसीसी हुबहु पारित गर्न चाहनेहरुलाई साम्राज्यवादका दलाल र कठपुतलीहरुको संज्ञा दिँदै नेता गुरुङले यी दलहरु आगामी निर्वाचनमा विजयी भए देश नै नरहने अवस्था आउन सक्ने बताए।

‘आगामी निर्वाचनमा देशभक्त र क्रान्तिहरूलाई हार्ने छुट छैन’, उनले भने, ‘चुनावी परिणामअनुसार माओवादी केन्द्रको संसदमा थोरै संख्या हुँदा एमसीसी रोक्न सकिएन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?