नाम्खाका सबै विद्यालयमा ब्रोड ल्यान्ड इन्टरनेट सेवा जडान गरिने

नाम्खाका सबै विद्यालयमा ब्रोड ल्यान्ड इन्टरनेट सेवा जडान गरिने
+
-

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनअघि नै ब्रोडल्यान्ड इन्टरनेट सेवा जडान हुने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण स्थानमा सेवाभावका हिसाबले इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्यअनुसार सो कार्य हुन लागेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार यस कार्यका लागि प्राधिकरण र गाउँपालिकाबीच सम्झौता कार्य सम्पन्न भएको छ। यसका लागि ग्रामीण दूरसञ्चार विकास कोषको सहयोगमा गाउँपालिकाभरिका १७ वटा विद्यालयमा ब्रोडल्यान्ड इन्टरनेट सेवा जडान कार्य हुनेछन्।

अहिले नाम्खाका कुनै पनि विद्यालयमा इन्टरनेट सेवाको पहुँच छैन। उनले सम्झौता कार्य भएको र अब तत्काले गाउँपालिकाले लागत इष्टिमेटका लागि परामर्शदाता छनोट कार्य सुरु गर्ने बताए।

इन्टरनेट जडान कार्यको लागत इस्टिमेट तयार हुनेबित्तिकै गाउँपालिका निर्माण कम्पनीसमेत छनोट गरेर सामग्री खरिद तथा जडान कार्य एकसाथ अगाडि बढ्नेछ।

लागत कति लाग्ने भन्ने कुरा परामर्शदाता छनोट भएर स्थलगत रुपमा गएर इस्टिमेट तयार गरेपछि यकिन हुने र त्यसको केही प्रतिशत बजेट गाउँपालिकाले लागत साझेदारी गर्नु पर्नेछ। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको मतदान केन्द्र विद्यालयमै हुने भएको कारण इन्टरनेट सेवा जडान भएपछि निर्वाचनलाई पनि सहयोग पुर्‍याउने लक्ष्य प्राधिकरणको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष