माधव नेपाललाई प्रचण्डको प्रस्ताव – कांग्रेसलाई छोडेर गठबन्धनको तयारी गरौँ

माधव नेपाललाई प्रचण्डको प्रस्ताव – कांग्रेसलाई छोडेर गठबन्धनको तयारी गरौँ
+
-

काठमाडौँ – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने सम्बन्धमा ठोस निर्णय भएको छैन। यही परिवेशमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग कांग्रेसलाई नपर्खी चुनावी गठबन्धनको तयारीको प्रस्ताव गरेका छन् ।

काठमाडौँको शंखरापुर नगरपालिकाको साँखुमा सोमबार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले आफूलाई बिहान (सोमबार) प्रचण्डले टेलिफोन गरेर चुनावी गठबन्धनबारे तयारी थाल्न आग्रह गरेको बताएका हुन्।
कार्यकर्तालाई जस्तै आफूहरुलाई पनि गठबन्धनको चिन्ता रहेको उनले बताए।

उनले भने, ‘कांग्रेसमा गठबन्धनलाई लिएर स्पष्ट दुई धार रहेको अवस्थामा प्रचण्डजीले तयारी थाल्न आग्रह गर्नुभएको हो।’

कांग्रेसको शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष गठबन्धन गर्नुपर्ने पक्षमा छ भने शेखर कोइराला खेमा गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने अडानमा छ।

अध्यक्ष नेपालले देश सञ्चारसँग भने, ‘गठबन्धनका सम्बन्धमा कुराकानी भइरहेको छ। शेरबहादुरजीले मलाई यसबारे आज छलफल गरौँ पनि भन्नु भएको छ। रामचन्द्रजी पनि मिलेर जानुपर्ने पक्षमा हुनुहुन्छ।’

‘प्रचण्डजीको प्रस्तावको अर्थ सत्ता गठबन्धनले चुनावी तालमेल गर्दैन भन्ने होइन। कांग्रेस तयार नहुँदासम्म हामी मिलेर तयारी गरौँ भन्ने हो’, उनले भने।

देउवाले गठबन्धनको विपक्षमा रहेका पार्टीका नेताहरुलाई विगत हेरेर अघि बढ्न आग्रह गरिरहेको पनि उनले बताए। देउवाले विभिन्न समयमा आफूले (माधव नेपाल) लगाएको गुण नबिर्सने पनि बताउने गरेको नेता नेपालले उल्लेख गरेका छन्।

यस्तै अध्यक्ष नेपालले देशभर आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको दाबी गरेका छन्। आफू देशका विभिन्न स्थानमा जाँदा पार्टीप्रति लहर देखेको बताएका उनले कार्यकर्तालाई संगठन विस्तार र बलियो बनाउन लागिपर्न आग्रह गरेका छन्। पार्टी बलियो भएको अवस्थामा मात्रै अरुले सम्मान गर्ने भएकाले त्यसतर्फ लाग्न नेता नेपालले कार्यकर्तालाई आग्रह गरेका हुन्।

यसैबीच राष्ट्रिय जनमोर्चा गठबन्धनमा फर्किने पनि उनले बताएका छन्। जनमोर्चा सांसद दुर्गा पौडेलले आफूलाई टेलिफोन गरेर आफूहरु गठबन्धनमा फर्किन चाहेको बताएको र त्यसबारे छलफल भएको बताए।

एमसीसी सदनबाट पारित भएपछि जनमोर्चाले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो। तर उसले सरकारलाई दिएको समर्थन फिर्ता गरेको थिएन।

चुनावी तालमेलको क्रममा जनमोर्चा पनि गठबन्धनमा आउने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले बताएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?