पछिल्लो ६ वर्षमा जनताबाटै ११ जना प्रहरीको मृत्यु

आक्रोशित भिडको सजाय निर्दोष सुरक्षाकर्मीलाई किन?

आक्रोशित भिडको सजाय निर्दोष सुरक्षाकर्मीलाई किन?
+
-

काठमाडौं- मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा भएको तनावमा आइतबार एक महिला प्रहरीको मृत्यु भयो।

लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि  दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए।

घटना भएपछि उग्र भएको भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको थियो। तरआक्रोशित भीडले विद्यालय परिसरमा शिक्षकलाई विद्यालयबाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रणबाहिर गएको थियो ।

आक्रोशित भीडले विद्यालयमा आगजनीसमेत गरेको थियो। विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई भने प्रहरीले निकाल्ने क्रममा आक्रोशित भीडले आक्रमण गरेको थियो। सोही भिडलाई नियन्त्रणमा लिनका लागि खटिएकी महिला सुरक्षाकर्मी उर्मिला श्रेष्ठको निधन भयो। आक्रोशित भिडले उनको घाँटीमा छुरा प्रहार गरेर ज्यानै लियो।

यसरी एक महिलाको न्यायका लागि सुरक्षामा खटिएकी अर्को निर्दोष महिला मारिएपछि सामाजिक सञ्जाल तथा हाम्रो समाजमा थुप्रै आवाजहरु उठ्न थालेको छ।

महिलाको न्यायमा आवाज उठाउनु सवल पक्ष हो तर एकजनाको न्यायका लागि अन्य कसैको ज्यान नै लिनु कतिसम्मको निच काम हो भन्ने सहजै अनुमान गर्न सकिन्छ।

वि.स. २०७२ साल भदौ ७ गते कैलालीको टीकापुर थरूहट आन्दोलनमा पनि प्रदर्शनकारीले आक्रमण गर्दा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी मारिएका थिए। घरेलु हतियारको आक्रमणबाट सेती अञ्‍चल प्रहरी प्रमुख एसएसपी न्यौपानेप्रहरी निरीक्षक बलराम विष्टलगायत मारिएका थिए।

यी घट्नाहरु त केही उदाहरण मात्र हुन्। जनताको सुरक्षाका लागि दिनरात केही नभनि खटिने यस्ता थुप्रै निर्दोष सुरक्षाकर्मीहरुले अकालमै ज्यान गुमाइरहेका छन्। मोरङको घटनापछि मानिसहरु सोध्दैछन् – आक्रोशित भिडको सजाय निर्दोष सुरक्षाकर्मीलाई किन?

मानिसहरुले आफ्नै सुरक्षाका निमित खटिएका सुरक्षाकर्मीलाई मान्छे नै नगन्नु नै यस्ता घटनाको मुख्य कारण भएको एक प्रहरी अधिकारी बताउँछन्। हामी प्रहरीहरुलाई त मानिसहरुले मान्छे नै गन्दैनन्,‘ उनी दुखेसो पोख्दै भन्छन्, ‘झड्पमा होस् वा कुनै आक्रोशित भिड्का कारण प्रहरीको घाइते वा मृत्यु होस् त्यहाँ उपस्थित कसैले पनि त्यसको वास्ता गर्दैनन्।

मानिसहरुले अझैपनि हामि प्रहरीहरु जनताकै सुरक्षाका लागि दिनरात खटिरहेका हुन्छै भन्ने कुरा नै बुझेका छैनन्बुझेकाले पनि आक्रोशित बनेपछि त्यो बिर्सिदिन्छन्, उनी भन्छन्, ‘प्रहरी त हो नि के हुन्छ र यिनीहरुलाई भन्नुहुन्छ यस्तो सुन्दा हामीलाई पनि एकदमै नराम्रो लाग्छ।

नताको सुरक्षामा खटिएका निर्दोष सुरक्षाकर्मीहरुको यसरी ज्यान जानु दुखद घट्ना भएको केन्द्रीय प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी बताउँछन्।

कसले ज्यान लिएको हो भन्ने अनुसन्धान गरी पक्राउ गरेर कानुनी सजाय दिनुभन्दा अरु केही छैन हाम्रो,‘ उनी भन्छन्,’आन्दोलन गर्ने व्यक्तिहरुमा नेतृत्व गर्ने कोही हुँदैनउच्छृंखलता बढी हुन्छ, त्यसैलै गर्दा यस्ता खालका घट्नाहरु घट्छन्।

मानिसको फरक व्यवहारफरक बुझाइ जस्ता कारणहरुले गर्दा देश र जनताको सुरक्षाका निमित खटिएका निर्दोश सुरक्षाकर्मीहरुले अकालमै ज्यान गुमाउनु परिरहेको उनी बताउँछन्।

उनका अनुसार नेपालमा पछिल्लो ६ बर्षमा ११ जना प्रहरीले अकालमै ज्यान गुमाएका छन् । आक्रोशित भिड्लाई नियन्त्रणमा लिनविभिन्न झड्पहरुमा परेर तथा जनताको सुरक्षा गर्दा गर्दै उनीहरुको मृत्यु भएको केसी बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?