काभ्रेमा एमालेका नेता तथा कार्यकर्ताहरु कांग्रेस प्रवेश

काभ्रेमा एमालेका नेता तथा कार्यकर्ताहरु कांग्रेस प्रवेश
+
-

काभ्रे – नेकपा एमालेका प्रभावशाली जिल्ला नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेस काभ्रोपलाञ्चोकद्वारा धुलिखेलमा आयोजित एक कार्यक्रममा कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्ने जिल्ला नेता तथा कार्यकर्ताहरुलाई पार्टीको सदस्यता वितरण गरेका थिए।

प्रवक्ता महतले देशको विकास र जनताको सुख समृद्धिको लागि काम गर्ने पार्टी नै कांग्रेस भएकोले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न उनीहरुले लिएको निर्णय सही भएको बताए।

उनले कांग्रेसको आदर्श, सिद्धान्त, नीति तथा कार्यक्रमबाट आकर्षित भएर पार्टीमा प्रवेश गरेका राजनीतिकर्मीलाई स्वागत गर्दै शुभकामना पनि दिएका थिए।

कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईले दिएको जानकारीअनुसार एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाईँसहित पूर्वगाविस अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष विष्णुबहादुर बस्नेत, निर्वाचित वडा सदस्य तथा धुलिखेल एमाले नगर कार्यपालिका सदस्य उपेन्द्र हुमागाईँ, एमालेका नेता माधवमणि हुमागाईँ, जिल्ला सदस्य मुरारी हुमागाईँ, एमाले नगरपालिका सदस्य पुरुषोतम बस्नेत, एमाले नगर सदस्य यादव गौतम, धनञ्जय हुमागाईँ, अर्जुनबहादुर भुजेल, रामकृष्ण भुजेललगायत सयौंको संख्यामा एमालेलगायत विभिन्न पार्टी परित्याग गरेका राजनीतिककर्मीहरु कांग्रेसमा प्रवेश गरेका छन्।

हुमागाईँ तत्कालीन जिल्ला विकास समितिका सदस्य तथा एमालेका पूर्वक्षेत्रीय अध्यक्ष रहिसकेका व्यक्ति हुन्। उनी एमालेका प्रदेश कमिटी सदस्य पनि हुन्। तीन दशक लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय हुमागाईँ भूमि आयोग काभ्रेका जिल्ला संयोजकसमेत रहेका थिए।

यसअघि धुलिखेल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष निराजन जंगमले एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?