चुनावी गठबन्धनबारे चितवन कांग्रेसले मात्रै भनेर केही हुँदैन – प्रचण्ड

चुनावी गठबन्धनबारे चितवन कांग्रेसले मात्रै भनेर केही हुँदैन – प्रचण्ड
+
-

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीन तहकै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन्।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलोपटक बिहीबार गृह जिल्ला चितवन आएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए। चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने उनले बताए।

‘गठबन्धन त भइरहेकै छ नि। अहिलेकै गठबन्धन स्थानीयमात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ’, उनले भने।

चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन।’

प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहीबार चितवन आएका हुन् । प्रचण्ड शुक्रबारमात्रै काठमाडौँ फर्कने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?