बेँसीबाट लेक पुगे भेँडाका बथान

बेँसीबाट लेक पुगे भेँडाका बथान
+
-

लमजुङ – चिसो बढ्न थालेसँगै गत असोज/कात्तिकमा लेकबाट बेँसी ल्याइएका दर्जनौ भेँडी गोठका भेँडाबाख्रा गर्मी बढेसँगै पुनः चरण क्षेत्र लेक तथा उच्च हिमाली भेगमा पुगेका छन्।

जाडो छल्न जिल्लाका विभिन्न स्थान तथा बेँसी ल्याइएका घुम्ती भेँडीगोठ यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आ–आफ्ना भेडाका बथान पुर्‍याएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले बताए। उनले भने, ‘जिल्लामा साना ठूला गरेर ३०० भन्दा बढी घुम्ती भेँडीगोठ रहेका र ती सबै बेँसीबाट चरण क्षेत्र लेकमा पुगिसेका छन्।’

सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन्। विशेष गरी गुरुङ समुदायको पुर्खौली चलन तथा पेसाका रुपमा भेडीगोठलाई हेरिन्छ। भेँडीगोठ वर्षेनी ६ महिना लेक र ६ महिना बेँसीमा राख्ने गरिन्छ। भेँडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायतका ठाउँसम्म पुग्ने गरेको भेँडी गोठालाको भनाइ छ।

अधिकांश भेँडीगोठ लेकतर्फ लागिसके पनि घलेगाउँका भेँडीगोठ भने बेँसीमै रहेको स्थानीय दीर्घराज घलेले बताए। उनका अनुसार घलेगाउँका दुई भेँडीगोठ रहेका छन्। जेठ महिनामा मात्र लेक जाने यहाँका भेँडीगोठ लमजुङ हिमालको काखमै रहेको ठुले लेकमा पुग्ने गर्दछन्।

बेँसीमा रहेका बेलामा भेँडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने भेँडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खुलगायत बनाउनका लागि प्रयोग हुने गर्छ। जिल्लाभर २३ हजार भेडाबाख्रा रहेका छन्। वार्षिक १० हजार किलो ऊन निस्कने र ऊनको मूल्य प्रतिकिलो रु ३०० रहेको छ। त्यस्तै वार्षिक १६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ।

मासु बिक्रीबाट रु आठ करोड आम्दानी हुने गरेको उक्त केन्द्रका प्रमुख डा श्रेष्ठले बताए। उनका अनुसार वार्षिक घुम्ती भेँडीगोठमा रहेका बाख्राको मासु १२० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदा रु ६० करोड आम्दानी हुने गरेको छ। -रासस

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष