
विष्णु तिवारी
चैत १२, २०७८

अ
+
अ
अ
-
थाकि सक्या बुढो गोरु दाए आखिर
उहि भाकामा उहि गीत गाए आखिर।।
पहलमान मै हुँ भन्थे खालि चउरमा
जोडा देखि उँधो मुन्टो लाए आखिर।।
सिङ्गोलाई करौँतीले चिरा चिरा पारे
कस्का लागि खुसि पार्न चाहे आखिर।।
घाँटि जोड्न तयार पुच्छर ठुटो पारि
कस्तो होला हेरौँ क्यारे राय आखिर।।
भाग बरु पछि लाउँला बन्डा गर्नलाई
दोडधुप गरि टारै टारमा धाए आखिर।।
चर्किएको लाद्रो देख्दा अघाएको ठाने
ढुकुटी रित्ताइ बाँडिचुँडी खाए आखिर।।

