चिनियाँ विदेशमन्त्री वाङले आज प्रधानमन्त्री देउवालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचाे हस्तान्तरण गर्ने

चिनियाँ विदेशमन्त्री वाङले आज प्रधानमन्त्री देउवालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचाे हस्तान्तरण गर्ने
+
-

पोखरा – निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचाे आज शनिबार हस्तान्तरण हुने भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त साँचाे हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हाे। विमानस्थलको काम ९३ प्रतिशतमात्रै पूरा भएको छ।

अहिले उच्च पदस्थ विदेशमन्त्री आएको मौकामा निर्माण कम्पनीले काम नसकिँदै साँचाे हस्तान्तरण गर्न लागेको हो। त्यसका लागि पोखरा विमानस्थलमा पनि कार्यक्रम आयोजना गरिएको छ।

विदेशमन्त्री यीले काठमाडौँमै चाबी हस्तान्तरण गरेपछि भर्चुअल रुपमा पोखराबाट समेत कार्यक्रम गर्न लागिएको आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिए।

‘सिम्बोलिक रुपमा साँचाे हस्तान्तरण गर्न लागिएको हो। यसपछि काम सकिएको होइन, काम निरन्तर चल्छ’, उनले भने, ‘सिभिलतर्फका काम करिब पूरा भैसकेको छ। साँचाे हस्तान्तरणपछि काम रोकिने भन्ने होइन।’

चीनको एक्जिम बैंकको ऋण सहयोगमा चिनियाँ कम्पनी सिएएमसीले २०७३ सालदेखि विमानस्थल निर्माण सुरु गरेको हो। यही १० जुलाईभित्र काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी थियो। अघिल्लो वर्ष नै सक्नुपर्ने काम कोरोनाका कारण १ वर्षपछि धकेलिएको हो।

विमानस्थल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्न नागरिक उड्ययनमन्त्री प्रेम आले पोखरा एयरपोर्ट पुग्नेछन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष