यस्तो देखियो नरदेवीको १२ वर्षे जात्रा (तस्बिरहरु)

यस्तो देखियो नरदेवीको १२ वर्षे जात्रा (तस्बिरहरु)
+
-

काठमाडौँ – काठमाडौँको नरदेवीस्थित श्री ङ्यतभुलु अजिमा (नरदेवी) को धार्मिक परम्पराअनुसार आइतबार राति १२ वर्षे जात्रा सुरु भएको छ। नरदेवीको ङतपाचोस्थित ङ्यतभुलु अजिमा द्योछेंबाट आइतबार राति देवगणसहितको देवीनाच प्रदर्शनसहित नगर परिक्रमा गराइएको थियो।

देवीसहितको देवगणको नाच परिक्रमा हुने परम्परागत मार्गसमेत रहेको छ। जसलाई दे चाहिकेगु (परम्परागत देवीमार्ग) भनिन्छ। देवगण ङतपाचोस्थित ङ्यतभुलु अजिमा द्योछेंबाट नरदेवी, टेंगल, न्ह्यःखा, थाय्मदु, न्हाय्कंतला, असन, बालकुमारी, जनबाहाल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका दरवार पुग्छन्। त्यस्तै हनुमानढोका दरबारबाट मरु, चिकंमुगल, जैशीदेवल, कोहिति, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, यटखा हुँदै पुनः नरदेवी ङ्यतभुलु अजिमा द्योछें फर्कन्छन्।

१२ वर्षे मेलाको पहिलो दिनेको देशावर यात्रापश्चात चैत १७ गते साँझ ङतपाचोस्थित द्योछेंबाट द्यः न्ह्यस (देवीनाच सवारी) गराइन्छ। सोही रातिदेखि चैत १८ गते रातिसम्म नरदेवीस्थित देवीको डबलीमा १२ वर्षे पर्व देवीनाच प्रदर्शन गरिनेछ। यस नाचमा विभिन्न देवदेवीको वस्त्र आभूषण लगाई नृत्य गरिन्छ। १२ वर्षे नरदेवी जात्रामा ङ्यतभुलु अजिमा अर्थात नरदेवीसँगै गणेश, भैरव, नरसिंहलगायतका देवदेवीको सहभागिता हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?