केपी ओलीले भने- बाटो बनाएर मात्र के गर्ने? १० वर्षमा पुक्लुक्क मरियो भने… !

केपी ओलीले भने- बाटो बनाएर मात्र के गर्ने? १० वर्षमा पुक्लुक्क मरियो भने… !
+
-

बुटवल- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासको नयाँ अवधारणा अघि सारेर एमाले अघि बढिरहेको बताएका छन्।

राजनीतिक भन्दा बढी विकासका बारेमा चर्चा गरेका उनले विकासमा एमालेले गरेका प्रयासबारे चर्चा गर्दै एमालेलाई साथ दिन आग्रह गरे।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको भ्युटावरको उद्घाटन गर्दै उनले एमाले सरकारमा गएपछि विकासबारेको चिन्तनमै फरक आएको बताए।

‘एमालेको सरकार बन्दैनथ्यो भने भ्यूटावर राख्ने सोंच आउँदैनथ्यो, यत्तिको विकास गर्ने सोंच आउने थिएन,’ उनले भने, ‘विकास गर्नुपर्छ हाम्रै पालामा हुनसक्छ भनेर अभियान अघि सारेका छौं, यसले देशको विकासको चिन्तनमै फरक ल्याएको छ।’

उनले भ्युटावरमात्रै नबनाई अरू विकास निर्माणका काममा पनि एमालेले चासो दिएको बताए।

एमाले सरकारमा आएपछि देशको अवस्थामा सुधार आएको दाबी गर्दै उनले चीनको सीमानाका जिल्लाहरु पनि दुर्गम नरहेको बताए।

उनले कृषि, उद्योग, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा धेरै प्रगति भएको बताउँदै आउँदै गरेको चुनाबमा एमालेका कामलाई हेर्न आग्रह गरे।

उनले विकासका नाममा सडक बनाएर मात्रै नहुने बताउँदै भने, ‘बाटो बनाएर मात्रै विकास भएको नठानौं, बाटो बनाएर मात्रै के गर्ने, १० वर्षमा पुक्लुक्क मरियो भने के काम, त्यसैले लामो आयू बाँच्न हामीले आफ्नो खानपान र खेतीपातीमा पनि सुधार ल्याऔं।’ उनले तिलोत्तमा नगरपालिकाले गरेका अभ्यास उदाहरणीय रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?