काठमाडौँको ‘अस्वस्थकर’ वायु प्रदूषण तत्काल कम नहुने

काठमाडौँको ‘अस्वस्थकर’ वायु प्रदूषण तत्काल कम नहुने
+
-

काठमाडौँ – तत्काल काठमाडौँसहित देशभरका मुख्य सहरी क्षेत्रमा वायु प्रदूषण कम हुने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

प्रि–मनसुन अवधि सुरु भएदेखि नै लगातार वा हल्कादेखि मध्यम पानी नपरेको तथा तत्काल त्यस्तो वर्षा हुने मौसमी प्रणाली पनि नरहेकाले वायुमण्डल पखालिने सम्भावना नरहेको हो।

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘हाल केही स्थानमा आंशिक वर्षा हुन सक्ने मौसमी प्रणाली रहे पनि वायुमण्डलमा जमेर रहेको धूलोका कणहरु पखाल्ने गरी लगातारको वर्षा हुने सम्भावना छैन।’

यस्तै लामो समयदेखि धूलोका कण उडाएर लैजाने गरी हावाहुरी पनि नचलेकाले प्रदूषण तत्काल हट्ने सम्भावना छैन। ‘पानी परेको छैन, हावा पनि लागेको छैन। उद्योग कलकारखाना चलेका छन्। जनजीवन पनि नियमित भएका छन्। यसले गर्दा प्रदूषण गराउने कारकहरु बढेको बढेयै छन्, तर वायुमण्डललाई सफा गर्ने गरी मौसमी प्रणाली आएको छैन’, मौसमविद् मानन्धरले थपिन्।

वायुको प्रदूषणस्तर मापन गर्ने आइक्यू एअरका अनुसार काठमाडौँ अहिले पनि विश्वका प्रदूषित प्रमुख सहरको सूचीमा पाँचौँ स्थानमा छ। काठमाडौँको वायुको गुणस्तर १६२ इक्यूआई छ, जुन अस्वस्थकर मानिन्छ।

विगत केही समयदेखि नै विशेष गरी काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च रहेको छ। धुम्मिएको अवस्थामा रहेको काठमाडौँको प्रदूषण केही समयका लागि कम गर्न हल्कादेखि मध्यम तहको लगातार वर्षा हुनुपर्ने वा वायुमण्डल बढार्ने गरी हावा चल्नुपर्ने हुन्छ। तर तत्कालका लागि त्यस्तो मौसमी प्रणाली नदेखिएको मौसमविद्हरु बताउँछन्।

प्रदूषणका कारण भिजिबिलिटी पनि कम भएको छ। काठमाडौँ उत्पयकामा बुधबार बिहान दुई किलोमिटरसम्मको मात्रै भिजिबिलिटी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भिजिबिलिटी कम हुँदा हवाई सेवा सञ्चालनमा समेत समस्या हुने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?