
काठमाडौँ – स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिकाे चितवन कांग्रेसले विराेध गरेकाे छ। चितवन कांग्रेसले अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप लगाउँदै आएको छ।
साेही कारण चितवन कांग्रेसले यसपटक पार्टीले एक्लै निर्वाचन लड्नुपर्नेमा जाेड दिँदै आएकाे छ। उसले माओवादीसँग तालमेल नगर्नेमा जाेड दिँदै आएकाे छ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार फेरि गृह जिल्ला चितवन जाँदैछन्। चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ।
त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिम खण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्ड हल उद्घाटन गर्ने कार्यक्रम रहेकाे प्रचण्डकाे निजी सचिवालयले जनाएकाे छ।
निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधुप बढेको छ। एक हप्ताअघिमात्रै उनी चितवन पुगेका थिए।