
काठमाडौँ – बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको छ। बुधबार रातिदेखि च्यानल ह्याक भएको हो।
ह्याकपछि उक्त च्यानलको नाम नै परिवर्तन भई ‘इथेरियम’ भएको छ। बुढासुब्बाका सबै सामग्रीहरु होमपेजमा देखिएका छैनन्, केही सामग्री भने अन्य शिर्षकमा देखिएका छन्। ‘हामीले थाहा पाउँदा च्यानलमा कुनै पनि भिडियो देखिएको थिएन, अहिले भिडियो रिकभर हुँदैछ।’
चलचित्र ‘ए मेरो हजूर ४’ की निर्देशक झरना थापाले भनिन्, ‘उहाँहरुले काम गरिरहनु भएको छ, अब ठीक हुन्छ भन्ने आशा गरौँ।’ झरनाको चलचित्रको प्रोमोशनका सबै भिडियो बुढासुब्बा डिजिटल च्यानल मार्फत राखिएको थियो।
ह्याक भएको बुढासुब्बा डिजिटलले अहिले च्यानल रिकभरीको काम भईरहेको जनाएको छ। यसअघि दुई वर्ष पहिले पनि बुढासुब्बाको च्यानल ह्याक भएको थियो ।