
काठमाडौँ – काठमाडौँको सेतो पुल नजिकै सालनालसहितको नवजात शिशु फेला परेको छ। फोहोरकाे डंगुरमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ।
दिन पुगेपछि बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो। अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक मीनबहादुर कुँवर क्षेत्री घटनास्थलमा पुगेका छन्। बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो।
प्रहरीले अवैध रूपमा गर्भधारण गरेकी महिलाले जन्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ क्षेत्रीले बताए।