
देश सञ्चार
चैत १७, २०७८
अ
+
अ
अ
-
बझाङको सुनिकोटका गणेश ऐडीले आजभन्दा २४ वर्ष पहिले गाउँबाट धागो ल्याएर काठमाडौँमा एउटा उद्योगको स्थापना गरी कपडा बुन्न थाले। २०६३ सालमा फाट्टफुट्ट काम गर्दै जाँदा जम्मा भएको ७० हजार रुपैयाँबाट उनले काठमाडौँको बुढानिलकण्ठमा ‘फरेस्ट्री हेम्प ब्याग उद्योग’ खोले। त्यो उद्योगले अहिले ७० देशमा गाँजाका सामान निर्यात गर्छ।

