ओलीलाई कांग्रेस प्रवक्ता महतकाे जवाफ – बाेलाउँदा आउँदिनँ भन्ने अनि अहिले आरोप लगाउने?

ओलीलाई कांग्रेस प्रवक्ता महतकाे जवाफ – बाेलाउँदा आउँदिनँ भन्ने अनि अहिले आरोप लगाउने?
+
-

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणपूर्व प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षलाई वास्ता नगर्नुभएको भन्ने आरोप असत्य भएको बताएका छन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा शनिवार बिहान काठमाडौँमा आयोजित दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताकाे पुरस्कार वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

‘प्रधानमन्त्रीजीले कुराकानी पनि गर्नुभएन। छलफलमा बोलाउनुभएन। फोनसमेत गर्नुभएन। वास्तै गर्नुभएन भन्ने जुन प्रचार एमाले अध्यक्ष ओलीबाट भैरहेको छ। त्यो सरासर असत्य हो। झूट हो’, प्रवक्ता महतले भने, ‘प्रधानमन्त्रीले छलफलका लागि बोलाउनुभएको हो। उहाँले म बाहिर हुन्छु आउन सक्दिनँ भन्नुभयो।आफू आउन नसक्ने, आउँदिनँ भन्ने अनि अहिले आरोप लगाउने?’

उनले नेपाली कांग्रेसले सधैँ सत्य बोल्ने र बोलेअनुसार काम गर्ने गरेको पनि बताए। उनले भने, ‘हामी सत्तामा हुँदा पनि नहुँदा पनि आफ्नो बोली, वचन र अडान फेर्दैनौं। पूर्वप्रधानमन्त्री ओलीजी जनतातिर फर्केर राष्ट्रियताका कुरा गर्नुहुन्छ तर सम्बन्धित ठाउँमा कुरा राख्न सक्नुहुन्न।’

कांग्रेस प्रवक्ता महतले प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नेपालको हित र राष्ट्रिय चासोका सबै विषयहरु उठाउने दावी गरे। नेपाल र भारतका बीचमा सीमा समस्याबाहेक अन्य सम्बन्ध सुमधुर रहेको उनकाे भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?