विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापन प्रभावकारी बनाउन राष्ट्रपति भण्डारीले दिइन् जोड

विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापन प्रभावकारी बनाउन राष्ट्रपति भण्डारीले दिइन् जोड
+
-

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गर्नु आवश्यक रहेको बताएकी छन्।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पोको शनिबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित बिजुलीका कारण केही वर्षअघि मात्रै हामीले लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गरिन्।

उनले लोडसेडिङको दीर्घकालीन समाधान भनेको आफ्नै उत्पादन हुनु रहेको पनि स्पष्ट पारिन्। त्यस अवसरमा राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत व्यापारका लागि प्रशारण लाइन निर्माण गर्ने काम सुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न प्रतिस्पर्धाको वातावरण बन्ने विश्वाससमेत व्यक्त गरिन्।

‘हाम्रो मुलुक अथाह जलसम्पदाले सम्पन्न छ। विद्युतको आन्तरिक खपत गरी निर्यात गर्ने क्षमतासमेत हामी राख्दछौं। मुलुकको अधिकांश क्षेत्र हिमाली र पहाडी भएका कारण दू्रतगतिमा प्रवाह हुने धेरै नदीहरुले जलविद्युतको विकास र विस्तारमा ठूलो योगदान पुर्‍याउन सक्दछन्’, राष्ट्रपति भण्डारीले भनिन्, ‘विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नु हाम्रो प्राथमिकता हो।’

जलविद्युत विकासका लागि योजनाबद्ध प्रयास भए तापनि जनताको ठूलो संख्याले अझै बिजुली बाल्न नपाएको बताउँदै उनले भनिन्, ‘हाम्रा उद्योगहरुले अहिले पनि मागअनुसार बिजुली प्राप्त गर्न सकिरहेका छैनन्।’

राष्ट्रपति भण्डारीले साना र मझौला जलविद्युत आयोजनामा लगानी गरेर उज्यालो गाउँ बनाउने अभियानलाई तीव्रता दिन पनि निजी क्षेत्रलाई आग्रह गरिन्।

ठूलो जलविद्युत आयोजना सम्पन्न गर्न समय लाग्ने भएकाले त्यसले तत्काल ऊर्जा आपूर्ति हुन नसक्ने पनि उनले दोहोर्‍याइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?