गण्डकी विश्वविद्यालयले आविष्कार केन्द्रसँग मिलेर प्राविधिक औजार बनाउने

गण्डकी विश्वविद्यालयले आविष्कार केन्द्रसँग मिलेर प्राविधिक औजार बनाउने
+
-

पोखरा – गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर सन्चालन गर्ने भएको छ। राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेर उपकरण र औजार उत्पादनको तयारी थालेको हो।

यसका लागि आविष्कार केन्द्रसँग सम्झौता गरिसकेको छ। विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

केही समयभित्रै ६ थरिका औजार उत्पादन गर्न लागेको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका रजिष्ट्रार डा कैलाश तिमिल्सिनाका अनुसार इनोभेसन सेन्टरको भवन निर्माण भैसकेको छ। ‘साढे दुई करोडका सामान ल्याइसक्यौं। धेरै औजार खरिद प्रक्रियामा छन्’, उनले भने, ‘हाम्रो जोड आविष्कारमा हो। पढाइसँगै प्रविधिसँग हिँडाउने विश्वविद्यालयको प्रयास छ।’

७० वटा औजार खरिद प्रक्रियामा रहेको उनले बताए। गण्डकी आफैले बिजुलीबाट बाल्ने चुलो, अलैंची सुकाउने उपकरण, हाइब्रिड ह्याचिङ मेसिन, धान झाँट्ने मेसिन, कोदो झार्ने र छुट्याउने मेसिन उत्पादन गर्न लागिएको छ।

प्रदेशको आवश्यकताअनुसारका उपकरण निर्माण गर्न लागिएको उनले बताए। गण्डकी विश्वविद्यालयले कोदोको रक्सी ब्राण्डिङ गर्ने तयारी साथ अनुसन्धान गरिरहेको छ।

अहिले विश्वविद्यालयबाट नेपालमै पहिलो पटक स्पोर्टस म्यानेजमेण्टसहित फार्मेसी र आइटीको पढाइ सुरु भएको छ। बीबीए र बीएएलएलबीको कार्यक्रम सुरु गर्न लागिएको कुलपति गुरुङले बताए। नेपालमै पहिलो पटक प्रदेश सरकारले विश्वविद्यालय सन्चालन गरेको हो। छिटै मेडिकल कलेज सन्चालनमा ल्याउन लागिएको गुरुङको भनाइ छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष