पहिलोपटक राष्ट्रिय पञ्चाङ्ग प्रकाशन गर्दै सरकार

पहिलोपटक राष्ट्रिय पञ्चाङ्ग प्रकाशन गर्दै सरकार
+
-

काठमाडौँ –  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिक रूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ।

समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिएका हुन्।

उनका अनुसार ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिने काममात्र गर्दै आएको थियो।

यही सातासम्म ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन भइसक्ने समितिले जनाएको छ। सरकारले आफैँ पहिलोपटक पात्रो प्रकाशन गर्न लागेको हो। सरकारको आधिकारिक पात्रो प्रकाशनमा आएपछि चाडपर्वलगायत विषयमा हुँदै आएका विवाद अन्त्य हुने विश्वास गरिएको छ।

समिति गठन आदेशबमोजिम समितिले नौ जनाको सङ्गठन संरचना तयार पारी मन्त्रालयमा पेश गरेको छ। समितिको सङ्गठन संरचना अहिले संस्कृति मन्त्रालयबाट अर्थ मन्त्रालय पुगेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

स्वीकृतिपछि समितिमा जनशक्ति पनि थपिने छ। थप जनशक्ति पूर्ति भएपछि पात्रो एवं भित्तेपात्रोलाई व्यवस्थापन एवं नियमन गर्न सहज हुने विश्वास गरिएको छ। –रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?