देशमा आर्थिक तरलता छ, संकट छैन – ऊर्जामन्त्री भुसाल

देशमा आर्थिक तरलता छ, संकट छैन – ऊर्जामन्त्री भुसाल
+
-

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशमा आर्थिक तरलताको स्थिति भए पनि आर्थिक संकट भने नरहेको बताएकी छन्।

श्रीलंकाको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको उनको भनाइ छ।

सिंचाइ दिवसको अवसरमा जलस्रोत तथा सिंचाइ विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले भनिन्, ‘अहिले देशमा अलिकति आर्थिक तरलताको स्थिति कतै संकट हो कि, कतै श्रीलंका हो कि भनेर अलि अतिरञ्जित गर्ने पनि छन्।’

उनले आगामी दिनमा सिंचाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताइन्। राष्ट्रिय गौरवका आयोजनाहरु तराई केन्द्रित भएको उल्लेख गर्दै उनले खेतीयोग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिंचाइ सुविधा पुर्‍याउने गरी आगामी दिनमा नीति तथा योजना तर्जुमा गर्नुपर्ने बताइन्।

पहाडी र हिमाली भेगमा सिंचाइ पुर्‍याउन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने उनको भनाइ छ।

‘पहाड र हिमाली भेगका जग्गाजमिनमा सिंचाइको व्यवस्था पु¥यायौँ भने त्यसले खाद्यान्नमा योगदान गर्न सक्नेछ। त्यसले रोजगार पनि त्यहीँ सृजना गर्छ। खाद्यान्नमा पनि हामी आत्मनिर्भर हुन सक्छौँ’, उनले भनिन्, ‘अव्यवस्थित बसोबासलाई पनि रोक्न सक्छ। राष्ट्रले ठूलो लगानीमा गरेको भौतिक पूर्वाधारको पनि भरपुर उपयोग हुन्छ। त्यतातिर केन्द्रित हौँ।’

मन्त्री भुसालले कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भएमात्र देशमा आर्थिक समृद्धि हुने बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?