महिला स्वास्थ्यका लागि ललितपुर-कीर्तिपुर सम्पदा पैदल यात्रा (तस्बिरहरुसहित)

महिला स्वास्थ्यका लागि ललितपुर-कीर्तिपुर सम्पदा पैदल यात्रा (तस्बिरहरुसहित)
+
-

ललितपुर – महिलाको स्वास्थ्यका लागि शनिबार ललितपुरको पाटन दरबार क्षेत्रदेखि कीर्तिपुरको उमामहेश्वरसम्म सम्पदा पैदल यात्रा गरिएको छ।

रोटरी क्लव अफ हिमालय पाटनले उक्त सम्पदा पैदल यात्राको आयोजना गरेको हो।

आङ खस्ने समस्या भएका महिलाहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले सम्पदा पैदल यात्रा गरिएको क्लवका अध्यक्ष युवराज नकर्मीले जानकारी दिए। उनका अनुसार सम्पदा पैदल यात्राका सहभागीसँग प्रतिव्यक्ति ५ सय रुपैयाँ संकलन गरिएको छ। सोही रकमबाट आङ खस्ने समस्या भएका महिलाहरुको उपचारमा सहयोग गरिने उनले बताए।

उनले सम्पदा संरक्षणसम्बन्धी जनचेतनासमेत फैलाउने उद्देश्यले पैदल यात्रा गरिएकाे स्पष्ट पारे। सम्पदा पैदल यात्रामा करिब २ हजार जना सहभागी गराउने लक्ष्य रहेको अध्यक्ष नकर्मीले जानकारी दिए।

सम्पदा पैदल यात्राको पाटन दरबार क्षेत्रमा उद्घाटन गर्दै ऊर्जामन्त्री पम्फा भुसालले महिलाको स्वास्थ्य संवेदनशील हुने औंल्याउँदै महिला स्वास्थ्यको लागि यस्ता कार्यक्रम गरिनु सराहनीय भएको बताइन्।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरु पुनः विस्तारै उठिरहेको भन्दै मन्त्री भुसालले यस्ता कार्यक्रमले सम्पदाको संरक्षणमा सघाउ पुग्ने विश्वास व्यक्त गरिन्।

पाटन दरबार क्षेत्रबाट सुरु भएको सम्पदा पैदल यात्रा पुल्चोक, धोबीघाट हुँदै कीर्तिपुरको पांगा, बाघभैरवबाट उमामहेश्वरमा समापन गरिने क्लवका अध्यक्ष नकर्मीले जानकारी दिए।

पैदल यात्राका सभागीहरुलाई क्लवले टी–शर्त तथा टोपी उपलब्ध गराएको छ।

तस्बिरहरु : उत्सव चामलिङ राई

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?