‘क्यान इन्फोटेक’ वैशाख ७ देखि सुरु हुने

‘क्यान इन्फोटेक’ वैशाख ७ देखि सुरु हुने
+
-

काठमाडौँ– सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित २७औँ ‘क्यान इन्फोटेक २०२२’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने भएको छ।

क्यान महासङ्घद्वारा आयोजना हुने प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीमा व्यवसायीहरुले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्।

त्यसैगरी प्रदर्शनीमा रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, वाइफाई तथा इन्टरनेटलगायतका विषयहरु रहनुका साथै व्यवसायीहरुले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टन, यूपीएस र ल्यापटप तथा डेस्कटप जस्ता उत्पादनहरु प्रदर्शन तथा बिक्रीमा राखिने छ।

महासङ्घका महासचिव नारायण थापाले सूचना प्रविधिसम्बन्धी अध्ययन तथा कार्य गरिरहेका विद्यार्थीको क्षमताको विकास गर्नुका साथै उनीहरुको आइडियालाई प्लेटफर्म प्रदान गर्न र इनोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहार उपयोगी शिक्षामा उपयोग गर्नु मुख्य उद्देश्य रहेको जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष