
एजेन्सी- पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ ।
गए राति भएको खेलमा मार्सेलीलाई २-१ गोलले हराउँदै पिएसजी उपाधि नजिक पुगेको हो ।
पिएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले एक-एक गोल गरे।
पाहुना टाेली मार्सेलीका डुजे कालेटा कारले एक गाेल फर्काए ।
खेलकाे १२ औँ मिनेटमा नेयमारकाे गाेलबाट पिएजसीले अग्रता लिएकाे थियाे ।
३१ औँ मिनेटमा कारले गाेल गरी खेल १-१ काे बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीमार्फत् गोल गर्दै पिएसजीलाई २-१ ले अगाडि बढाए।
त्यसपछि दुवै टाेलीबाट थप गोल हुन सकेन ।
खेलमा जित हात पारेसँगै पिएसजी ३२ खेलमा ७४ अंकसहित शीर्ष स्थानमा रहँदा पराजित मार्सेली साेही खेलमै ५९ अंकसहित दाेस्राे स्थानमा छ । पिएसजी र मार्सेलीबीच १५ अंककाे फरक छ ।