इरानी राष्ट्रपति राइसीकाे चेतावनी : इजरायलले कुनै गल्ती गरे हाम्रा सेनाले सिधै हृदयमा प्रहार गर्नेछन्

इरानी राष्ट्रपति राइसीकाे चेतावनी : इजरायलले कुनै गल्ती गरे हाम्रा सेनाले सिधै हृदयमा प्रहार गर्नेछन्
+
-

इरानका राष्ट्रपति इब्राहिम राइसीले इजरायललाई कडा चेतावनी दिएका छन्।

उनले राष्ट्रिय सेना दिवसको अवसरमा इजरायललाई कडा चेतावनी दिएका हुन् ।

राष्ट्रपति रैसीले भने, ‘यहुदी शासनलाई थाहा छ कि उनीहरूको सानातिना गतिविधि पनि हाम्रो सेनाले देख्छ । यदि तिनीहरूले कुनै गल्ती गरे भने, हाम्रो सेनाले उनीहरूको हृदयमा सीधा प्रहार गर्नेछन् । हाम्रो सेनाको शक्तिले तिनीहरूलाई शान्तिमा बस्न दिँदैन ।’

इरानले इजरायललाई मान्यता दिँदैन । तर, इजरायलले पनि आणविक शक्ति सम्पन्न इरानलाई सहन नसक्ने बताएको छ ।

डोनाल्ड ट्रम्पले इरान र पश्चिमी देशहरूबीचको आणविक सम्झौता अन्त्य गरेका छन् । तर, जो बाइडेन राष्ट्रपति भएदेखि आणविक सम्झौतालाई नयाँ ढंगले कार्यान्वयन गर्ने प्रयास भइरहेको छ । यसका लागि भियनामा पटक-पटक बैठक बसिसकेकाे छ ।

तर, अहिलेसम्म यसमा खासै सफलता भने हात लाग्न सकेको छैन ।

हालै, इरान, पाकिस्तान र अफगानिस्तानलगायत धेरै देशले जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टिनीहरूविरुद्ध इजरायली पुलिसको कारवाहीको आलोचना गरेका छन् ।

यस कारबाहीमा एक सयभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?