
काठमाडौँ – साहित्यकार नयनराज पाण्डे लिखित चर्चित उपन्यास ‘उलार’ को नाट्य प्रस्तुति कौशी थिएटरमा प्रदर्शन हुँदैछ। टेकुस्थित कथा घेरामा आगामी वैशाख ६ गतेदेखि नाटक मञ्चन हुन लागेको हो।
चे शंकरको निर्देशन र परिकल्पनामा मञ्चन हुन लागेको नाटकमा सरिता गिरी, सबिर चुरौट, अरुण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईं लगायतका कलाकारको अभिनय रहेको छ।
गार्डेन थिएटर र कथा घेराको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो।
निर्देशक शंकरको निर्देशनमा यो भन्दा अगाडि ‘सेम टाइम नेक्स इयर, लुक ब्याक इन एंगर, तिर्खा, ऊ मरेकी छैन, कोही किन बरबाद होस्, मिस्टर फक्स एण्ड स्कुल ब्वायलगायत नाटक प्रस्तुत भइसकेका छन् ।
नाटक वैशाख ६ देखि १८ सम्म नाटक मञ्चन हुनेछ।