
पाकिस्तानले श्रीलंकाली नागरिककाे हत्या गरेकाे आराेपमा ६ जनालाई मृत्युदण्डकाे सजाय सुनाएकाे छ।
पाकिस्तानको आतंकवाद विरोधी अदालतले श्रीलंकाली नागरिक प्रियंथा कुमारालाई हत्या गरेकाे आराेपमा मृत्युदण्ड दिएकाे हाे ।
योसँगै ९ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । यस मामिलामा ७२ दोषीलाई २ वर्षको जेल सजाय सुनाइएको छ ।
कुमारालाई गत वर्ष पाकिस्तानको सियालकोटमा ईश्वरनिन्दाको आरोपमा मारिएको थियो ।
श्रीलंकाली नागरिक प्रियंता सियालकोटको एउटा कारखानामा म्यानेजरको रूपमा काम गर्थे ।
गत वर्ष डिसेम्बर ३ मा हिंस्रक भीडले उनलाई ईश्वरनिन्दाको आरोपमा कुटपिट गरी हत्या गरेको थियो र पछि उनको शरीरमा आगो लगाएको थियो ।