
भारतीय कंग्रेस अध्यक्ष सोनिया गान्धी र पिपुल्स डेमाेक्रेटिक पार्टी (पिडिपी) अध्यक्ष तथा जम्मू कश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीबीच साेमबार भेटवार्ता भएकाे छ ।
भेटवार्ता दिल्लीस्थित सोनिया गान्धीको निवासमा भएको हाे ।
समाचार एजेन्सी पिटिआईका अनुसार मेहबुबा मुफ्तीले सोनिया गान्धीसँग देशको वर्तमान राजनीतिक अवस्थाबारे छलफल गरेकी थिइन् ।
नेता मुफ्तीले कंग्रेसले अहिलेसम्म देशलाई सुरक्षित राखेको बताइन् । उनले भारतीय जनता पार्टीले धेरै पाकिस्तान बनाउन खोजेको आराेप लगाइन् ।
जम्मू कश्मीरमा चुनाव हुन लागेको छ । यस्तो अवस्थामा महबुबा मुफ्ती र गान्धीको भेटबाट कांग्रेस र पिडिपीबीच गठबन्धनमा चुनाव लड्न सक्ने अनुमान गरिएको छ ।
महबूबा मुफ्ती सन् २०१६ मा भाजपाको सहयोगमा जम्मू कश्मीरको मुख्यमन्त्री बनेकी थिइन्, तर दुई पार्टीबीचको गठबन्धन टुटेपछि उनले आफ्नो कार्यकाल पूरा गर्न सकिनन् ।