
धनुषा- जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टीबाट सिफारिस भएका जानकी राम साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
वडा- ७ को अध्यक्षसमेत रहेका साहलाई एमालेका अध्यक्ष केपी शर्माले पार्टी प्रवेश गराएका हुन् ।
मेयर पदका प्रत्यासित रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।
लोसपाले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।
लोसपाले मेयरका लागि प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र संजय कुमार चौधरीलाई सिफारिस गरेको हो ।