शंकराचार्य निश्चलानन्द सरस्वतीको विराटनगरबाट बिदाइ

शंकराचार्य निश्चलानन्द सरस्वतीको विराटनगरबाट बिदाइ
+
-

मोरङ– भारत जगन्नाथपुरीस्थित गोवर्द्धन मठका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीलाई विराटनगरबाट बिदाइ गरिएको छ।

आइतबार बेलुका विराटनगरमा भक्तजनसँग सामिप्यता राख्दै विराटनगर आएका उनलाई मंगलबार दिउँसो मोरङको उर्लाबारीतर्फ बिदा गरिएको आयोजक कार्यसम्पादन समितिले जनाएको छ।

आयोजक समितिका कोषाध्यक्ष श्रवणकुमार अग्रवालका अनुसार शंकाराचार्य बुधबार झापाको बिर्तामोड र त्यसपछि भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

यसअघि मंगलबार विराटनगरस्थित अतिथी सदनमा शंकराचार्यसँग भक्तजनको भलाकुसारी भएको थियो। सो क्रममा भक्तजनले धर्म, आस्था, शान्ति जस्ता कुरामा आ–आफ्नो जिज्ञासा राखेका थिए। भक्तजनको जिज्ञासा मेटाउने क्रममा उनले हिन्दु धर्म सनातनी परम्परालाई तोड्न नहुनेमा जोड दिएका थिए।

सोमबार उनलाई विराटनगरवासीको तर्फबाट महानगरका मेयर भीम पराजुलीले र आयोजकतर्फबाट सुरेशकुमार शर्माले अभिनन्दन गरेका थिए। सो क्रममा शंकराचार्यले नेपालमा राजनीतिक मुद्दा बनाएर धर्मनिरपेक्ष गरिनु कलंक भएको उल्लेख गरेका थिए।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिनुलाई कसरी लिन सकिन्छ? भनेर राखिएको जिज्ञासामा उनले आगामी दिनको पहिचान बाटो नेपाली जनताले लिनुपर्ने उल्लेख गरेका थिए।

उनले भने, ‘म यस विषयमा धेरै बोल्न चाहन्न। तर जनता स्वयंले यस विषयमा निर्णय लिनुपर्छ। नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिनु सुखद् कुरा भने होइन।’

७९ वर्षका जगतगुरु शंकराचार्य गोवर्द्धन मठका १४५ औँ पीठाधीश हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?