श्रीलंका : सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

श्रीलंका : सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु
+
-

चरम आर्थिक संकटबाट गुज्रिरहेकाे श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । यसका साथै ११ जना घाइते भएका छन् ।

यस घटनामा १० प्रहरी पनि घाइते भएको बताइएको छ । उनीहरू सबैलाई केग्ले अस्पतालमा भर्ना गरिएको छ ।

केग्ले अस्पतालका निर्देशकले पनि यो कुराको पुष्टि गरेका छन् । घाइतेमध्ये दुई जनाको अहिले शल्यक्रिया भइरहेको उनले बताए ।

यो घटना श्रीलंकाको रामबुकाना शहरमा मंगलबार भएको हो ।

प्रहरी प्रवक्ता निहाल तल्दुवाले घटनाबारे बिबिसीलाई बताएअनुसार १५ घण्टादेखि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले गोली चलाउनुपरेको थियो ।

अर्को सूचना नभएसम्मका लागि रम्बुकानामा कर्फ्यु लगाइएको पनि प्रहरीले जनाएको छ ।

मुलुकको असाधारण आर्थिक मन्दीको विरोधमा मंगलबार देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको बताइएको छ ।

रामबुकाना, हिङ्गुरकगोडा, बड्डेगामा, दिगाना, गम्पोला, रत्नपुरा र तेलदेनियामा विरोध प्रदर्शनहरू भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?