साझा प्रकाशनकाे विशेष पुस्तक प्रदर्शन जारी

साझा प्रकाशनकाे विशेष पुस्तक प्रदर्शन जारी
+
-

साझा प्रकाशनकाे विशेष पुस्तक प्रदर्शनी जारी छ।

साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसर पारेर बैशाख १ गतेदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको हाे।

प्रदर्शनीमा साझा प्रकाशनले प्रकाशन गरेका पुस्तकहरू विशेष छुटमा बिक्री भइरहेको छ।

पाठकले खोजेका विभिन्न विधाका पुस्तक पाठकको हातमा पुर्‍याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको साझा प्रकाशनका प्रवक्ता होमनाथ भट्टराईले बताए।

प्रदर्शनी काठमाडौं उपत्यकाभित्र साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक, प्रदर्शनीमार्गमा र प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा प्रज्ञा प्रतिष्ठानमा भइरहेकाे हाे।

त्यसैगरी, देशभर रहेका साझा प्रकाशनको शाखा कार्यालय धरान, बिर्तामोड, विराटनगर, राजविराज, जनकपुर, त्रिशुली, चितवन, भरतपुर, दाङ, बुटवल, पोखरा र धनगढीमा समेत प्रदर्शनी रहेको उनले जानकारी दिए।

प्रदर्शनीमा सस्तोमा पचास पैसादेखि महङ्गोमा २८ सय रुपैयाँसम्मका पुस्तक पाइने उनले बताए।

पुस्तक प्रदर्शनीको छैठौँ दिन सम्ममा पुस्तक विक्रिमार्फत् ६ लाख ५० हजार रुपैयाँ संकलन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।

प्रदर्शनीमा साझाले प्रकाशन गरेका साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्वका पुस्तकहरू रहेका छन्।

प्रदर्शनीमा २०६० सालसम्म प्रकाशित पुस्तकमा ५० प्रतिशत छुट, २०७० सालसम्म प्रकाशित पुस्तकमा ३५ प्रतिशत छुट, ७१ सालसम्म प्रकाशित पुस्तकमा ३० प्रतिशत छुट र गरिमा मासिक पत्रिका ८० प्रतिशत छुटमा बिक्री गरिएको साझा प्रकाशनले जनाएको छ।

विशेष पुस्तक प्रदर्शनी वैशाख १५ गतेसम्म चल्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?