
स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले जित निकालेकाे छ।
गए राति बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडलाई १-० गोल अन्तरले हराउँदै जित निकालेकाे हाे।
खेलको ११ औं मिनेटमा पियरिक इम्रिक अबुमियाङले गरेकाे गाेल नै बार्सिलाेनालाई जित दिलाउन पर्याप्त बन्याे।
यससँगै उनले स्पेनिस लिगमा ९ गोल पूरा गरेका छन्। उनी गत फेब्रुअरीमा प्रिमियर लिग क्लब आर्सनलबाट बार्सिलाेनामा अनुबन्ध भएका थिए।
खेलमा जित निकालेसँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिँदा पराजित रियल साेसिडाड छैटाैं स्थानमा छ र
शीर्ष स्थानकाे रियल मड्रिड बार्सिलाेनाभन्दा १५ अंकले अगाडि छ ।