उम्मेदवार सिफारिस नभएको भन्दै लम्सालले दिए राजीनामा

उम्मेदवार सिफारिस नभएको भन्दै लम्सालले दिए राजीनामा
+
-

बुटवल– बुटवल उपमहानगरपालिकाको प्रमुखमा सिफारिस नभएको भन्दै कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीबाट राजीनामा दिएका छन्।

स्थानीय तहको निर्वाचन विषयमा पार्टी नेतृत्वले कार्यकर्ताको भावनाविपरीत निर्णय गरेको भन्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी शुक्रबार राजीनामा दिएका हुन्।

बुटवल उपमहानगरपालिकाको प्रमुखमा आकांक्षीसमेत बनेका लम्सालले जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा बुझाएका हुन्।

उनले पार्टीले एकलौटी र षड्यन्त्रपूर्वक नगर प्रमुखहरूको नाम सिफारिस गरेर अरू नेता तथा कार्यकर्ताको भावनामा ठेस पु¥याएको दाबी गरेका छन्।

‘नगर सभापतिले एकलौटी रूपमा आफैंलाई उम्मेदवार सिफारिस गरेकोबारे आवाज उठाउँदासमेत पार्टी नेतृत्वले बेवास्ता गरेको छ, यसले इमान्दारी, निष्ठा र विधानको कुनै महत्व रहेन्न भन्ने निष्कर्ष निकालेर राजीनामा दिन बाध्य भएको हँु,’ राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्।

लामो समयदेखि कांग्रेसको राजनीति गर्दै आएका लम्साल दुई कार्यकाल क्षेत्रीय सभापति भइसकेका थिए। उनी पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?